त्रिवीद्धारा‘पाथीभरा बहुमुखी क्याम्पस’शब्द कायम

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन १४ । त्रिभुवन विश्व विद्यालय कार्यकारी परिषद्ले ‘पाथीभरा बहुमुखी क्याम्पस’भन्ने शब्दलाई आधिकारिकता कायम गरेको छ ।

सार्वजनिक अभिलेखमा कति पाथीभरा क्याम्पस र कतै पाथीभरा बहुमुखी क्याम्पस देखिन आएकोले श्रेस्तामा देखिने द्धिविधा हटाउँदै त्रिवी कार्यकारी परिषद्ले अब पाथीभरा बहुमुखी क्याम्पसलाई त्रिवीको आधिकारिक अभिलेखमा कायम गरेको त्रिवीका योजना निर्देशक डाक्टर लक्ष्मीकान्त शर्माले जानकारी दिनु भएको छ ।

पाथीभरा बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष शीला इजमले पाथीभरा क्याम्पस या पाथीभरा बहुमुखी क्याम्पस भनेर देखिएको विविधता अन्त्य भई अब आधिकारिक रुपमै पाथीभरा बहुमुखी क्याम्पस कायम भएको जानकारी दिनुभयो ।

Similar Posts