ताप्लेजुङको फावाखोलामा सवारी दुर्घटना,एकको मृत्यु,एक घाइते

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन ११ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ११ फावाखोलामा आइतवार भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् ।

फुङलिङ नगरपालिकाका पूर्व नगर उपप्रमुख बमबहादुर भट्टराईका अनुसार मृत्यु हुनेमा सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचास्थित सरस्वती माविकी शिक्षिका भावना विक रहनु भएको छ । पूर्व उपप्रमुख भट्टराईका अनुसार बिहान फुङलिङबाट सिकैचातर्फ हिंडेको मे १ ज ३२९६ नम्बरको बोलेरो गाडी फावाखोलाको साविक वडा नं ६ बनपाला भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी सवारी चालक फावाखोलाका सबिन बिष्ट घाइते हुनु भएको छ । सवारी सडकबाट करिव एकसय मिटर तल झरेको भट्टराईले जानकारी दिनुभयो ।

सवारीमा रहेका मानिसहरु क्रमशःआ–आफ्नो गन्तव्यमा झर्दै सवारीमा विक मात्र रहेको पूर्व नगर उपप्रमुख भट्टराईले आफुले जानकारी पाएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले घटनाको जानकारी आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ परिचालित भएको र बिस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो

Similar Posts