पाथीभरा याङवरकका ७ सय सेवाग्राहीले घुम्ति शिविरमार्फत पाए सेवा

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन ८ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ति शिविरमार्फत करिव ७ सय नागरिकले सेवा लिएका छन् ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रकमल श्रेष्ठका अनुसार सामाजिक सुरक्षाभत्ता बितरणतर्फ ५ सय १९ र ६० बर्ष माथिका नागरिकको स्वास्थ्य परीक्षण शिविरमार्फत १ सय ८० जना लाभग्राहीले सेवा पाएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठका अनुसार वडा नं ३ तिरिङ्गेमा सञ्चालन भएको शिविरमा ९१ जनाले सामाजिक सुरक्षा भत्ताको सेवा लिएका छन् भने ६० बर्ष माथिका ४५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । यस्तै वडा नं १ नाङखोल्याङमा १ सय १८ जनाले सामाजिक सुरक्षा भत्ता लिएका छन् भने २२ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ ।

वडा नं ४ डुम्रिसेमा ९९ जनाले सामाजिक सुरक्षा भत्ता बुझेका छन् भने २९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । वडा नं ५ चाक्सिबोटेमा ५९ जनाले सामाजिक सुरक्षा भत्ता बुझेका छन् भने ६० बर्ष माथि उमेर समूहका २४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । वडा नं ६ थुम्बेदिनमा १ सय ५२ लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ भने ६० जना जेष्ठ नागरिकले स्वास्थ्य परीक्षण शिविरमार्फत भाल लिएका छन् ।

पालिका अध्यक्ष केशरकुमार सुब्बा,उपाध्यक्ष रनमाया गुरुङ,निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ,सम्वन्धित वडाका वडाध्यक्ष,कार्यपालिका सदस्य तथा गाउँसभा सदस्य र पालिकाको सम्वन्धित शाखाका कर्मचारीहरुको समेत उपस्थितिमा पाथीभरा याङवरकले साउन ४ देखि ७ गतेसम्म पालिकाको केन्द्र रहेको वडा नं २ बाहेक पालिकाका सबै वडामा पुगेर एकीकृत घुम्ति शिविर सञ्चालन गरेको थियो ।

पालिकाले राष्ट्रिय परिचयपत्र बनाउन बाँकी रहेका जेष्ठ नागरिक तथा शारिरीक रुपमा अक्षम नागरिकलाई यातायात सुबिधा समेत उपलब्ध गराएर सदरमुकाम फुङलिङस्थित जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण भर्ने कार्यमा समेत सहजीकरण गर्ने भएको छ ।

 

Similar Posts