भूमिहिन दलित तथा भूमिहिन सुकुम्बासी व्यवस्थापन गर्न निःशुल्क जग्गाको खोजी

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन ३ । नगरक्षेत्रमा भूमिहिन दलित तथा भूमिहिन सुकुम्बासी व्यवस्थापनका लागि ताप्लेजुङको फुङलिङ नगरपालिकाले निःशुल्क जग्गाको खोजी गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमका अनुसार फुङलिङ नगरपालिका क्षेत्रका इच्छुक जग्गादाताहरुलाई निःशुल्क रुपमा जग्गाका लागि आग्रह गरिएको हो । निःशुल्क रुपमा जग्गा दिन चाहने नगरबासीले साउन १० गते भित्र नगर कार्यपालिकाको कार्यालयमा आबेदन दिइसक्नुपर्ने हुन्छ ।
जग्गादाताले जग्गादाताको नाम,वडा,क्षेत्रफल सहितका विवरण खोली नागरिकताको प्रतिलिपि र जग्गा धनी प्रमाणपूर्जाको प्रतिलिपि सहित आबेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।