|

आव २०८१।८२ मा ९५ जनाको नावालक परिचयपत्र जारी

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १ । आर्थिक बर्ष २०८१।८२ मा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट ९५ जनाको नावालक परिचयपत्र जारी भएको छ । अघिल्लो आवमा ८४ जनाको नावालक परिचयपत्र जारी भएको थियो ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार जिल्ला प्रशासन कार्यालयले एक आर्थिक बर्षमा ५ हजार २ सय ८५ जना सेवाग्राहीलाई कार्यालय प्रयोजनमा प्रयोग हुने विभिन्न कागजातको प्रतिलिपि निःशुल्क रुपमा उपलब्ध गराएको छ । आव २०८१।८२ मा अघिल्लो आव भन्दा ठाडो उजुरी दिनेको संख्या दोब्बर भन्दा बढीले घटेको छ । आव २०८१।८२ मा ५० जनाले ठाडो उजरी दिएका छन् । सो भन्दा अघिल्लो आवमा जिल्ला प्रशासन कार्यालयमा १ सय १२ वटा ठाडो उजुरी दिएका थिए । आव २०८१।८२ मा संस्था दर्ता गर्ने घटेका छन् भने नविकरण गर्ने भने बढेका छन् । प्रशासन कार्यालयका अनुसार आव २०८१।८२ मा ११ वटा संस्था दर्ता हुँदा ९२ वटाको नविकरण भएको छ । आव २०८०।८१ मा भने १५ वटा संस्था दर्ता हुँदा ६२ वटाको नविकरण भएको थियो ।

आव २०८१।८२ मा ११ जना तिब्बती शरणार्थीको परिचयपत्र नविकरण भएको छ । अघिल्लो आवमा ५ जनाको मात्र नविकरण भएको थियो । आव २०८१।८२ मा ३२ जनाले यात्रा अनुमतिपत्रको सिफारिस लिएका छन् । हातहतियार नविकरण र नामसारीको संख्या भने अघिल्लो आवको तुलनामा आव २०८१।८२ मा केहि घटेको छ । प्रशासन कार्यालयका अनुसार आव २०८१।८२ मा ४७ थान हतियारको नविकरण भएको छ । अघिल्लो आवमा ४८ थान हतियार नविकरण भएको थियो ।

आव २०८०।८१ मा ६ थान हतियारको नामसारी भएकोमा पछिल्लो आवमा १ थान हतियारको मात्र नविकरण भएको छ । राष्ट्रिय परिचयपत्रमा विवरण भर्नेको संख्या अघिल्लो आव भन्दा आव २०८१।८२ मा बढेको परिचयपत्र वितरणको संख्या पनि अघिल्लो आव भन्दा बढेको प्रशासन कार्यालयले जनाएको छ । आव २०८१।८२ मा ७ हजार ५ सय ८५ जनाले राष्ट्रिय परिचयपत्रमा विवरण भरेका छन् । सो भन्दा अघिल्लो आवमा ५ हजार ४ सय ८६ जनाले मात्र भरेका थिए । यस्तै आव २०८१।८२ मा १ हजार ३ सय ८४ जनाले राष्ट्रिय परिचय पत्रको कार्ड बुझेका छन् । आव २०८०।८१ मा ७ सय २६ जनाले राष्ट्रिय परिचय पत्रको कार्ड बुझेका थिए ।

 

Similar Posts