२०८१।८२ मा फुनपाले उठायो २ करोड ३४ लाख राजश्व

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन १ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले आर्थिक बर्ष २०८१।८२ मा कुल २ करोड ३४ लाख ५७ हजार ७६ रुपैयाँ आन्तरिक आय आर्जन गरेको छ ।

नगरपालिकाका लेखा अधिकृत दिनेश भण्डारीका अनुसार आन्तरिक राजश्व २ करोड १० लाख ६७ हजार ७६ रुपैयाँ तथा नदीजन्य पदार्थ(दहत्तर बहत्तर)वापत २३ लाख ९० हजार रुपैयाँ रहेको छ । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमका अनुसार नगरपालिकाले संघीय सरकारको खातामा ९० लाख ४६ हजार ४६ रुपैयाँ रकम जम्मा गरेको छ ।

जम्मा गरेको रकममध्ये मूल्य अभिबृद्धि कर वापत ३० लाख २५ हजार ८ सय १३ रुपैयाँ,अग्रिम आयकर वापत २७ लाख ८० हजार ४ सय ४५ रुपैयाँ,अन्य वहालकर वापत ६ लाख ५९ हजार २ सय ६५ रुपैयाँ र आकस्मिक लाभकर वापत ८५ हजार २ सय ९० रुपैयाँ संघीय सरकारको खातामा जम्मा गरिएको नगरपालिकाले जनाएको छ । यस्तै सामाजिक सुरक्षा कर वापत ५ लाख ४८ हजार ४ सय ४६ रुपैयाँ,बहाल कर वापत २ लाख ७९ हजार ६ सय ७३ रुपैयाँ र पारिश्रमिक कर वापत १६ लाख ६७ हजार १ सय १२ रुपैयाँ संघीय सरकारको खातामा जम्मा गरिएको नगरपालिकाले जनाएको छ ।

Similar Posts