नयाँ आवको सुरुमै घुम्ति शिविर चलाउँदै पाथीभरा याङवरक

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ३० । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले नयाँ आर्थिक बर्षको सुरुसंगै गाउँघरमै पुगेर एकीकृत घुम्ति शिविरमार्फत लाभग्राहीलाई सेवा बितरण गर्ने भएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रकमल श्रेष्ठका अनुुसार आउँदो साउन ४ गतेदेखि ७ गतेसम्म घुम्ति सेवा शिविर सञ्चालन गर्न लागिएको हो । शिविरमार्फत सामाजिक सुरक्षा भत्ता बितरण गरिने छ भने ६० बर्ष उमेर समूह माथिका नागरिकको सामान्य स्वास्थ्य(सुगर,प्रेसर,पल्स,अक्सिजन तह)परीक्षण गरिने भएको छ । पहिलो दिन साउन ४ गते वडा नं ३ तिरिङ्गे,साउन ५ गते वडा नं १ नाङखोल्याङ,साउन ६ गते वडा नं ४ डुम्रिसे र वडा नं ५ चाक्सिबोटे तथा साउन ७ गते वडा नं ६ थुम्बेदिनमा शिविर सञ्चालन हुने पालिकाले जनाएको छ ।
नावालक बाहेक सामाजिक सुरक्षा भत्ता लिन व्यक्ति स्वयं उपस्थित हुनुपर्ने समेत निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । सामाजिक सुरक्षा भत्ताका लागि लाभग्राहीको परिचयपत्र,नेपाली नागरिकताको प्रमाणपत्र,नावालकको हकमा जन्मदर्ताका साथमा संरक्षकको नागरिकताको प्रमाणपत्र तथा अपाङ्गता भएका व्यक्तिको हकमा अपाङ्गता परिचयपत्र र स्वास्थ्य परीक्षणमा सहभागी हुने लाभग्राहीले नागरिकता प्रमाणपत्र साथमै ल्याउन समेत पालिकाले लाभग्राहीलाई सुचित गरेको छ ।