कञ्चनजंघामा वन्यजन्तुबाट हुने क्षति पछिल्लो वर्ष घट्यो

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २९ । ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रमा पछिल्लो एक आर्थिक वर्षमा वन्यजन्तुबाट कृषि र पशुतर्फ हुने क्षति रकम घटेको पाइएको छ ।

कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत प्रमोद यादवका अनुसार आ.व २०८१÷ ८२ मा कृषितर्फ २८ र पशुतर्फ १ सय ७७ वटा क्षति भएका छन् । उक्त घटनाबाट कुल १४ लाख ९० हजार रुपैयाँ बरावरको क्षति भएको तथ्याङक आफ्नो कार्यालयमा प्राप्त भएको संरक्षण अधिकृत यादवले बताउनुभयो । उहाँका अनुसार कृषितर्फ भएका २८ वटा क्षतिका घटनाबाट १ लाख ८४ हजार रुपैयाँ र पशुतर्फ क्षति भएका १ सय ७७ वटा क्षतिबाट १३ लाख ६ हजार रुपैयाँ वरावर क्षति भएको छ ।

आ.व २०८०।८१ मा कृषि र पशुतर्फ भएको क्षतिबाट कुल २४ लाख १७ हजार रुपैयाँ बराबरको क्षति भएको थियो । संरक्षण क्षेत्र कार्यालयका अनुसार उक्त आ.व मा पशुतर्फ ८९ वटा क्षति घटना भएका थिए । जसबाट २० लाख ३७ हजार रुपैयाँ र कृषिवालीतर्फ ३८ वटा क्षतिका घटना हुँदा त्यसबाट ३ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।

Similar Posts