आठराई त्रिबेणीले उठायो लक्ष्यभन्दा २ सय १५ गुणा बढी आन्तरिक आय

उज्यालो पोष्ट
ताप्लेजुङ,असार २६ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले लक्ष्य भन्दा करिव २ सय १५ प्रतिशत बढी आन्तरिक राजश्व संकलन गरेको छ ।

पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)का अनुसार चालु आर्थिक बर्षका लागि करिव ३५ लाख रुपैयाँ राजश्व संकलन हुने अनुमान गरिएको थियो । चालु आर्थिक बर्षको असार तेस्रोसातासम्म पालिकाले ७५ लाख ४० हजार ७ सय १ रुपैयाँ ५३ पैसा आन्तरिक राजश्व संकलन गरेको छ । यो लक्ष्यका हिसावले करिव २ सय १५ प्रतिशत हो । आठराई त्रिबेणीले चालु आवमा चालुतर्फ ८४.२ प्रतिशत र पुँजीगततर्फ ६५.३ प्रतिशत खर्च गरेको जनाएको छ ।

पालिका अध्यक्ष पोमूले लिम्बूनी पुल,चोकपुर–हाङपाङ जोड्ने सडक दशशैया अस्पताल,सोबुवाखोला पुल लगायत विकास निर्माणका ठूला परियोजनामा सम्झौता अनुसार काम सम्पन्न नभएका कारण पर्याप्त भुक्तानी हुन नसकेका कारण पुँजीगत बजेट खर्च लक्ष्य अनुसार हुन नसकेको पनि जानकारी दिनुभयो ।

Similar Posts