|

आगलागीबाट हाङ्देवामा एक घर नष्ट

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार २५ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आगलागीबाट एक घर नष्ट भएको छ । प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका–९ हाङ्देवा टाकुरेका टीकारा पौडेलको घर आगलागीबाट नष्ट भएको हो ।
हाङ्देवाका वडाध्यक्ष लक्ष्मण गुरुङका अनुसार ढुंगा, माटो र काठको प्रयोग गरी बनाइएको पौडेलको घर आगलागीबाट पूर्णरुपमा क्षति भएको छ । आगलागीबाट घरभित्र रहेको खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
घर आगलागी हुँदा भएको क्षतिको यकिन विवरण आइनसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ । यता विधुत सर्ट भएर घरमा आगलागी भएको हुनसक्ने अनुमान गरिएको वडाध्यक्ष गुरुङको भनाइ छ ।

Similar Posts