फुनपा–८ को योजना: ५ बर्ष मुनिका बालबालिका तथा ६० बर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स

उज्यालो पोष्ट
ताप्लेजुङ,असार २१ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ८ ले आगामी आर्थिक बर्षदेखि वडाभरीका ५ बर्ष मुनिका बालबालिका तथा ६० बर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

फुनपा ८ ले आफ्नो घरबाट ताप्लेजुङ जिल्ला अस्पतालसम्म पु¥याउनुपर्ने ५ बर्ष मुनिका बालबालिका तथा ६० बर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न बजेट व्यवस्थापन गरेको फुनपा ८ का वडाध्यक्ष तथा फुङलिङ नगरपालिकाको सामाजिक विकास समितिका संयोजक क्षितिज सुनुवारले जानकारी दिनुभयो । महिला बालबालिका तथा जेष्ठ नागरिक कार्यक्रम अन्र्तगत यस्तो अभियान अघि सारिएको वडाध्यक्ष सुनुवारले जानकारी दिनुभयो । उहाँले अपाङ्गता भएका व्यक्ति,महिला र उत्पीडनमा परेका समुदायको सशक्तिकरणका कार्यक्रम समेत वडाले अघि सारेको जानकारी दिनुभयो ।

उक्त वडाले चालु आर्थिक बर्षको बजेटमार्फत गर्भवती तथा सुत्केरी महिलाको पोषण अभियानलाई सघाउन पोषणयुक्त सामग्री बितरण गर्दै आइरहेको छ भने मृत्यु भएका वडाका प्रत्येक घरधुरीमा पुगी काजक्रिया खर्च समेत उपलब्ध गराइरहेको जनाएको छ । वडाले वडाभित्रका बिद्यालयहरुमा सबैभन्दा बढी बिद्यालयमा हाजिर हुने बिद्यार्थी,उत्कृष्ट अंक ल्याउने बिद्यार्थी र सिकाई सुधारमा उल्लेखनीय योगदान गर्ने शिक्षक समेतलाई सम्मान गर्ने कार्यक्रम चालु आर्थिक बर्षमा सञ्चालन गरेको छ ।

Similar Posts