पालिका भित्रको रुटमा भाडामा सवारी लिँदा लाग्ने शुल्कबारे सिरिजङ्गाले माग्यो यातायात व्यवसायीको भाडादर

उज्यालो पोष्ट
ताप्लेजुङ,असार १७ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२।८३ का लागि पालिका क्षेत्रका बिभिन्न स्थानमा सवारी भाडामा लिँदा लाग्ने दररेट पेश गर्न यातायात व्यवसायीलाई ७ दिनको समय दिएको छ ।
मंगलवारका मितिले ७ दिन भित्रका सवारी भाडामा दिन इच्छुक यातायात धनी तथा व्यवसायीले पालिकामा आफुले प्रस्ताव गरेको भाडादरसहित आबेदन गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङदेम्बेले जानकारी दिनुभयो । आङदेम्बेका अनुसार सवारी भाडादर पेश गर्दा पालिकाको केन्द्र रहेको वडा नं ४ तेल्लोकस्थित बिशाद चौकलाई प्रस्थान बिन्दु बनाईएको छ ।
बिशाल चौकबाट फुन्द्रुवा,याङपाङ भञ्ज्याङ,सिनाम,सिनाम भैंसे,आम्बेगुदिन,आम्बेगुदिन लासा,सिकैचा वडा कार्यालय,सिकैचा ओसे,सिकैचा ओरक्पा,पेदाङ,पेदाङ चिच्याङ,मामाङ्खे सुदाप,मामाङ्खे थबाबुक,खेवाङ पिङडाँडा,खेवाङ सांगादिन,याम्फुदिन थुङगिम र याम्फुदिन भोटेगाउँसम्मको भाडादर पेश गर्नुपर्ने पालिकाले जनाएको छ ।