मिक्वाखोलाद्धारा ४० करोड बढीको बजेट सभामा पेश

उज्यालो पोष्ट
ताप्लेजुङ,असार १० । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ४० करोड बढीको बजेट ल्याएको छ ।

पालिका उपाध्यक्ष डण्डु लामा शेर्पाले २० औं गाउँसभा अधिबेशनमा आगामी आव २०८२।८३ का लागि ४० करोड ७ लाख ७७ हजार ८ सय १२ रुपैयाँको बजेट पेश गर्नु भएको छ । सभामा पालिका अध्यक्ष भक्तबहादुर कार्कीले आगामी आवका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

पालिका उपाध्यक्ष शेर्पाले प्रस्तुत गर्नु भएको बजेट अनुसार चालुतर्फ २३ करोड ७३ लाख ५९ हजार रुपैयाँ र पुँजीगततर्फ १६ करोड ३४ लाख १८ हजार रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

Similar Posts