मेरिङदेनको लिङतेपमा होलस्टिन तथा जर्सी गाई क्रसका २५ वटा बाछी बितरण हुने

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ४ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ४ ले होलस्टिन तथा जर्सी गाई क्रसका २५ वटा बाछी वडापालिकाका पशुपालकलाई बितरण गर्न थालेको छ ।

पालिकाका सूचना अधिकारी जीतेन लिम्बूका अनुसार पालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगाम र वडाध्यक्ष बेदप्रसाद हाङगामको उपस्थितिमा पशुपालकलाई होलस्टिन तथा जर्सी गाई क्रसका २५ वटा बाछी बितरण गर्न थालिएको हो । वडापालिकाले यसलाई गौरवको योजनाको रुपमा लिएको थियो ।

पशुपालनको बलियो सम्भावना भएको लिङतेपका पशुपालकलाई व्यवसायमुखी बनाई दुध उत्पादन अभिबृद्धिका लागि पालिकाले चालु आर्थिक बर्ष २०८१।८२ को बार्षिक स्वीकृत कार्यक्रममा होलस्टिन तथा जर्सी गाई क्रसका बाछी बितरण कार्यक्रम राखेको थियो । वडाध्यक्ष हाङगामका अनुसार पहिलो र दोस्रो चरणमा ८–८ वटा बाछी बितरण गरिएको छ । शुक्रवार वडाक्षेत्रका बिभिन्न क्षेत्रका पशुपालकलाई ९ वटा बाछी बितरण गर्ने कार्यक्रम रहेको पालिकाले जनाएको छ ।

Similar Posts