बजार अनुगमन टोलीद्धारा फुङलिङस्थित हरियो मटर र भुजिया उत्पादन गर्ने उद्योगमा सिलबन्दी

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ ३० । संयुक्त बजार अनुगमन टोलीले मापदण्ड विपरित सञ्चालन भइरहेको ताप्लेजुङको फुङलिङस्थित भुजिया तथा हरियो मटर उत्पादन गर्ने एक उद्योगमा सिलबन्दी गरेको छ ।

फुङलिङ नगरपालिका,जिल्ला प्रशासन कार्यालय,कोष तथा लेखा नियन्त्रक कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त बजार अनुगमनको क्रममा मादण्ड बिपरित सञ्चालन भइरहेको पाथीभरा पाउरोटी उद्योगमा सिलबन्दी गरेको अनुगमन टोलीका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले जानकारी दिनुभयो । उपभोग्य मिति र उत्पादन मिति समेत नभएको तथा लेवलिङ नगरिएका खाद्य बस्तु उत्पादन भईरहेको तथा उद्योग व्यावसायको न्यूनतम् मापदण्ड समेत पूरा नगरेको देखिएकोले सिलबन्दी गरिएको सहायक प्रजिअ खड्काको भनाई रहेको छ ।

अनुगमन टोलीले ताप्लेजुङका विभिन्न पालिका क्षेत्रमा रहेका बजार पसल अनुगमनको क्रममा उक्त उद्योगले उत्पादन गरेका सामग्री छ्याप्छ्याप्ती फेला परेका थिए । उत्पादन र उपभोग्य मिति समेत नभएको तथा गुणस्तरमा समेत कमसलपना देखिएको गुनासो उपभोक्ता स्वयंले समेत गर्न थालेपछि बजार अनुगमन टोलीले उक्त उद्योगको अनुगमन गरेको थियो । अनुगमनको क्रममा उक्त उद्योगमार्फत न्यूनतम् व्यावसायिक मापदण्ड पालना भएको नदेखिएपछि उद्योगमा सिलबन्दी गरिएको अनुगमन टोलीले जनाएको छ ।

 

Similar Posts