|

ताप्लेजुङमा ब्राउन सुगरसहित चार जना पक्राउ

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ २९ । ताप्लेजुङमा प्रतिबन्धित लागु औषध खैरो हिरोइन (ब्राउन सुगर) सहित चार जना पक्राउ परेका छन् । प्रहरीका अनुसार सदरमुकाम फुङ्लिङ बजारको कोप्चे लाइनसहितका ठाउँबाट बुधबार साँझ भारतीय नागरिकसहिच चार जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार कोप्चे लाइनस्थित एक घरमा डेरा गरी बस्नेले लागु औषध बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचना पाएपछि प्रहरीले खानतलासी गरेको थियो । प्रहरी निरीक्षक बस्नेत नेतृत्वकै टोलीले खानतलासी गर्ने क्रममा फेला परेको ३३३ मिलिग्राम खैरो हिरोइनसहित फुङ्लिङ नगरपालिका–११ फावाखोलाका २३ वर्षीय रोमन विकलाई पक्राउ गरेको हो ।
कोठामा लुकाई छिपाई राखेको खैरो हिरोइनसहित विक पक्राउ परेपछि निजले दिएको सूचनाका आधारमा फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिममा रहेको एक ट्याक्टर ग्यारेजमा मिस्त्रीको काम गर्ने भारतीय नागरिक मनोज साह र देवबहादुर विश्वकर्मा पक्राउ परेका छन् । फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम नै घर भई हाल फुङ्लिङ नगरपालिका–६ सिर्जनाचौक बस्दै आएका ३२ वर्षीय मन्दिप लिम्बू पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भारतीय नागरिक साह र विश्वकर्मा रोमनसँग लागु औषध खैरो हिरोइन खरिद गर्न आउने क्रममा पक्राउ परेका हुन् । लिम्बू भने आफूलाई लागु औषध बिक्री वितरण तथा कारोबार गर्न लगाएको भनी रोमनले दिएको बयानअनुसार पक्राउ परेका हुन् । पक्राउ परेका चारै जनाउपर थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

Similar Posts