| |

किसानलाई उन्नत जातको गाई वितरण

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ २७ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका किसानलाई उन्नत जातको गाई वितरण गरिएको छ । वडा कार्यालयले दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई उन्नत जातको गाई वितरण गरिएको हो ।
वडावासी किसानलाई वडाध्यक्ष वेदप्रसाद लिम्बूले मङ्गलबार गाई वितरण गर्नुभएको हो । स्थानीय लिङ्तेप पशुपालन कृषक समूहमा आवद्ध किसानलाई आठ वटा उन्नत जातको गाई वितरण गरिएको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
वडाध्यक्ष लिम्बूका अनुसार मेरिङ्देन गाउँपालिकाको चालू आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रमअन्तर्गत किसानलाई उन्नत जातको गाई वितरण गरिएको हो । उन्नत जातको गाई वितरण कार्यक्रमले दूधमा आत्मनिर्भर बन्न साथै किसानको जीवनस्तर उकास्नमा सहयोग पुग्ने अपेक्षा राखिएको वडाध्यक्ष लिम्बूको भनाइ छ ।

Similar Posts