|

लागूऔधषसहित पाँच जना पक्राउ

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ २५ । ताप्लेजुङमा प्रतिवन्धित लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । प्रहरीका अनुसार प्रतिवन्धित खैरो हिरोइन, ट्रामोडोल हाइड्रोक्लोरिक र डिसाइक्लोमिन एचसिआई नामक लागूऔषधसहित पक्राउ परेका हुन् । पक्राउ पर्ने एक भारतीय नागरिक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार लागूऔषधसहित पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–६ पाथीभरा चौकका छन् । यस्तै फुङ्लिङ नगरपालिका–९ हाङ्देवा घर भई हाल वडा नम्बर ६ बस्ने २६ वर्षीय सुजन तामाङ र भारतको पश्चिम बंगालस्थित उत्तर जोते रामधान दार्जिलिङ बस्ने २३ वर्षीय निपेन वर्मन पक्राउ परेका प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।
उहाँकाअनुसार ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी लेखिएको ११६ पिस, डाइसाइक्लोमिन एचसिएल ट्याब्लेट ५९ पिस र ८.९० ग्राम खैरोहिरोइनसहित उनीहरु पक्राउ परेका हुन् । लागु औषधको कारोबार, बेचबिखन र ओसारपसार हुन्छ भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई लागूऔषध नियन्त्रण ऐन २०३३ तथा प्रचलित कानुनबमोजिम अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Similar Posts