वाइसिएलको केन्द्रीय समितिमा ताप्लेजुङबाट चारजना निर्वाचित

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ २४ । योङ कम्युनिस्ट लीग नेपाल (वाइसिएल) को केन्द्रीय समितिमा ताप्लेजुङबाट चार जना निर्वाचित हुनुभएको छ । भर्खरै सम्पन्न वाइसिएलको तेस्रो राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय समिति सदस्यमा चार जना निर्विरोध निर्वाचित हुनुभएको हो ।
वाइसिएलको केन्द्रीय समिति सदस्यमा निर्वाचित हुनेमा कैलास माबो लिम्बू, होमकुमारी दियाली, सुधिर सावादेन र प्रिन्सा कडरिया रहनुभएको छ । कैलास वाइसिएलको निवर्तमान जिल्ला अध्यक्ष र सुधिर निवर्तमान सचिव हुनुहुन्थ्यो । होमकुमारी भने केन्द्रीय सदस्यमा दोहोरिनुभएको हो ।
वाइसिएल नेपाल नेकपा (माओवादी केन्द्र) को सहायक संगठनको रुपमा रहेको छ । कैलास माबो केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारी पाउनेगरी छलफल टुंगिएको उहाँले जानकारी दिनुभयो । यता वाइसिएलको राष्ट्रिय महाधिवेशनले निर्धारित समयावधिमा कमिटी चयन गर्न नसकेपछि थप तीन दिन बन्दसत्रको समय लम्बिएको र अन्तिममा निर्विरोध नै केन्द्रीय कमिटी भएको हो ।