|

कियाचु ताप्लेजुङ अध्यक्षमा पालुङ्वा चयन

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ २२ । ताप्लेजुङस्थित किरात याक्थुङ चुम्लुङ (कियाचु) को अध्यक्षमा डम्बरबहादुर पालुङ्वा चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न चुम्लुङको १० औं जिल्ला अधिवेशनले पालुङ्वा अध्यक्ष रहेको २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
कार्यसमिति उपाध्यक्षमा रीता मादेन र केदारजंग ताप्मादेन, सचिवमा सरोज कङ्लिवा, सहसचिवमा कैलास पालुङ्वा, कमला पालुङ्वा र कोषाध्यक्षमा संगीता मादेन चयन हुनुभएको छ । सदस्यहरुमा सन्तोष साउदेन, प्रदीप तबेबुङ, समीर माबो, सिर्जना सबेहाङ, उदय लिबाङ, प्रदीप सबेहाङ, आकाश ताप्मादेन, डिल्ली थेबे, कुमार खिम्दिङ, पूर्ण पालुङ्वा, सर्न फुरुम्बो, श्री लिङ्खिम र देउमानप्रताप पालुङ्वा चयन हुनुभएको छ ।
जिल्ला अधिवेशन कियाचुका केन्द्रीय सदस्य यासेली योङ्हाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । लिम्बू समुदायको जातीय संस्थाको रुपमा रहेको कियाचुको कार्यसमिति सर्वसम्मत चयन गरिएको नवनिर्वाचित सचिव सरोज कङ्लिवाले जानकारी दिनुभयो ।
यता पछिल्लो समय भने लिम्बू समुदायको जातीय संस्था विभाजित भएको छ । किराँत याक्थुङ चुम्लुङबाट विभाजित भएर याक्थुङ चुम्लुङ नेपाल गठन भएर सो संस्थाले आफ्नो गतिविधि गर्दै आएको छ ।

Similar Posts