गणतन्त्र दिवसमा एमाले ताप्लेजुङद्धारा दीप प्रज्वलन

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १५ । जिल्ला पार्टी कार्यालय मदन भण्डारी स्मृति भवनमा दीप प्रज्वलन गर्दै नेकपा एमाले ताप्लेजुङले गणतन्त्र दिवस मनाएको छ ।

दीप प्रज्वलन पछि आयोजित सभालाई सम्बोधन गर्दै एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष तथा आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले गणतन्त्रको संस्थागत विकास अपरिहार्य रहेको बताउनुभयो । उहाँले गणतन्त्रमार्फत नेपाली जनता अधिकार सम्पन्न र सार्वभौम नागरिकको रुपमा रहन पाएको बताउँदै लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै देशभक्त शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एमाले कोशी प्रदेश कमिटी सदस्य चित्राकुमारी लिम्बू,एमाले ताप्लेजुङका सचिव सन्तोष चाम्लिङ,उपसचिव तथा फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा सहित एमाले नेता कार्यकर्ता र एमाले सम्बद्ध जनवर्गीय संगठनका अगुवाको सहभागिता रहेको थियो ।

Similar Posts