आगामी बजेटबारे आठराई त्रिबेणीले माग्यो सुझाव

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १५ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति,कार्यक्रम र बजेटमा समावेश गर्न उपयुक्त हुने सुझाव दिन पालिकावासीहरुलाई आग्रह गरेको छ ।

पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन) र पालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले जारी गरेको संयुक्त सूचनामा जेठ २० गते भित्र आगामी आवको नीति,कार्यक्रम र बजेटबारे आफ्नो सुझाव भएदिन पालिकाबासीलाई आग्रह गरिएको छ । पालिकाबासी,राजनीतिक दल,संघसंस्था,बुद्धजीवी,विज्ञहरु,व्यवसायी,नागरिक समाज,शिक्षक,कर्मचारी,सञ्चारकर्मीहरुलाई सुझाव दिन पालिकाले आग्रह गरेको छ ।

गाउँपालिकामा उपस्थित भई आफैं सुझाव दिन वा पालिकाका सूचना अधिकारी लिलाराज खड्कालाई सुझाव टिपाउन वा पालिकाको इमेल ठेगाना aathrai.tribenimun@gmail.com मा सुझाव पठाउन सकिने पालिकाले जनाएको छ । संबैधानिक व्यवस्था अनुसार हरेक बर्षको असार १० गते भित्रका देशभरका स्थानीय तहले आगामी आर्थिक बर्षको नीति,कार्यक्रम र बजेट प्रस्तुत गरिसक्नुपर्ने छ । यहाँको मैवाखोला गाउँपालिकाले भने जेठ २७ गतेबाटै बजेट अधिबेशन सुरु गर्नेगरी यसअघि नै सार्वजनिक सूचना आवह्वान गरिसकेको छ ।

Similar Posts