तेल्लोकमा जेठ २१ र २२ गते वृहत्त निःशुल्क स्वास्थ्य शिविर

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १२ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको तेल्लोकमा जेठ २१ र २२ गते वृहत्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
पालिकाका स्वास्थ्य शाखाका संयोजक सञ्जिव सिंहका अनुसार शिविर प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा सञ्चालन हुने छ । शिविरमा स्त्रीरोग विशेषज्ञ सेवा,शल्य चिकित्सकीय विशेषज्ञ सेवा,अन्त तथा गिजा विशेषज्ञ सेवा र अन्य जनरल चिकित्सकीय सेवा प्रदान हुने समेत सिंहले जानकारी दिनुभयो ।
सिरिजङ्गा गाउँपालिकाको आयोजना तथा बिराट मेडिकल शिक्षण अस्पताल मोरङ र ताप्लेजुङ जिल्ला अस्पतालको प्राविधिक सहयोगमा वृहत्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको पालिकाले जनाएको छ ।