जेठका ११ दिन: पाथीभरामा साढे ९ हजार दर्शनार्थी

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १२ । जेठ महिनाको ११ गतेसम्ममा ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा साढे ९ हजार बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार जेठ महिनाको ११ गते सम्ममा ९ हजार ५ सय ८ जनाले मन्दिरको दर्शन गरेका छन् । क्षेत्र विकास समितिका अनुसार जेठ महिनामा सबैभन्दा धेरै १० गते २ हजार १९ तथा सबैभन्दा कम जेठ २ गते २ सय २९ जनाले पाथीभराको दर्शन गरेका छन् ।
क्षेत्र विकास समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीका अनुसार जेठ १ गते ३ सय ५१ ज्ना,३ गते १ हजार ७ सय १० जना,४ गते ४ सय ८३ जना,५ गते ६ सय ९१ जना मन्दिरको दर्शन गर्न पाथीभरा पुगेका थिए । यस्तै ६ गते १ हजार ५ सय २० जना,७ गते ६ सय १३ जना,८ गते ६ सय ५१ जना,९ गते ८ सय ३१ जना र ११ गते ३ सय ९० जनाले मन्दिरको दर्शन गरेका छन् ।