मेरिङ्देन पूर्णखोप सुनिश्चित घोषणा

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ९ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको छ । मेरिङ्देन गाउँपालिका स्वास्थ्य शाखाद्वारा प्रशासकीय केन्द्र सान्थाक्रामा आयोजित कार्यक्रमकाबिच शुक्रबार गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।
गाउँपालिकाका छ वटा वडामा रहेका लक्षित बालबालिका अर्थात १५ महिनाभित्रका शिशु र १६ देखि ५९ महिनाका बालबालिकालाई आवश्यक सबै खोपको मात्रा लगाउने कार्य सम्पन्न भएसँगै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । गाउँपालिकाका जनप्रतिनिधि, निमित्त प्रमुख प्रशासकीय अधिकृत उदयकुमार यादव लगायतको उपस्थितिमा पूर्णखोप सुनिश्चित पालिका घोषणा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमका अवसरमा वडा हुँदै सिङ्गो गाउँपालिकालाई नै पूर्णखोप सुनिश्चित घोषणा गर्नमा योगदान पु¥याउने कर्मचारीलाई सम्मान गरिएको पनि गाउँपालिकाले जनाएको छ । यसअघि जिल्लाका सिदिङ्वा, आठराई त्रिबेणी, मैवाखोला लगायतका पालिकाहरु पूर्णखोप सुनिश्चित घोषणा भइसकेका छन् । जिल्लामा एक नगरपालिका र आठ गाउँपालिकासमेत नौ वटा स्थानीय तह रहेका छन् ।