ताप्लेजुङ मेहेलेकी एक महिला खोलाले बगाएर डुबी मृत फेला

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ ८ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेले निवासी एक महिलाको पानीमा डुबी मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार मेहेलेकी अन्दाजी ५१ बर्षिय बिष्णुमाया लिङदेन मृत फेला परेकी हुन् । सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेस्थित फावाखोला तर्ने क्रममा बिष्णुमायालाई खोलाले करिव सय–डेढसय मिटर बगाई खोला किनारमा मृत फेला परेको प्रहरी निरीक्षक वस्नेतले जानकारी दिनुभयो ।

उक्त घटना लगत्तै मेहेलेका वडाध्यक्ष रत्नबहादुर लिङदेनले प्रहरीलाई खबर गरेको र खबर आउनासाथ इलाका प्रहरी कार्यालय तेल्लोकबाट बरिष्ठ प्रहरी नायव निरीक्षक जोगेन्द्र चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ परिचालित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

Similar Posts