व्यावसायिक कृषि प्रणालीमा लाग्दै पाथीभरा याङवरक

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ८ । कृषि क्षेत्रमा आफ्नो पालिकालाई व्यावसायिक बनाउन पहल लिईरहेको ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले वडागत रुपमा तरकारीवाली तथा फलफूल खेतिको पहिचान गरेको छ ।

वडा नं ४ डुम्रिसेलाई पालिकाले सन्तोला फल उत्पादनमा प्राथमिकता दिएको छ । वडा नं २ थेचम्बुमा आलुखेति प्रवद्र्धन कार्यक्रममा लगानी गरेको छ । वडा नं ४ डुम्रिसेका लप्से क्षेत्रमा सन्तोलाको बलियो सम्भावना देखेपछि पालिकाले उक्त क्षेत्रका किसानलाई सन्तोलाका बिरुवा देखि सिचाँई पाइप र सन्तोला टिप्ने भ¥याङसम्म प्रदान गरेको छ । पालिका अध्यक्ष केशरकुमार सुब्बाका अनुसार यसबर्षको सिजनमा स्थानीय प्रेम मेन्याङ्वोले आफ्नो एकरोपनी बगानमा फलेको सन्तोलामध्ये ९१ हजार रुपैयाँको त बिक्री नै गर्नुभयो । सुभाष उप्रेति त्यो क्षेत्रमा नाम कहलिएका कृषि व्यावसायी हुनुहुन्छ ।

पालिका अध्यक्ष मेन्याङ्वोका अनुसार अहिले उक्त क्षेत्रका किसानका घरमा कम्तिमा ३० बोट सन्तोला रहेका छन् । यसबर्ष मात्र त्यहाँ किसानलाई करिव तीनसय बोट सन्तोलाका बिरुवा थप गर्नेगरी पालिकाले बिरुवा उपलब्ध गराएको छ भने बिद्युतीय स्प्रेयर,पावर स्प्रेयर,डिजिटल काँटा,सिचाँई पाइप सहितका सामग्री समेत पालिकाले दिएर उनीहरुको व्यावसायिकता अभिबृद्धि गर्ने कार्यक्रम राखेको छ । पालिकाका कृषि विकास शाखा प्रमुख निकेश भट्टराईका अनुसार पाथीभरा याङवरकका किसान खेतिप्रति उत्साहित पनि छन् । उनीहरुका लागि चालु आर्थिक बर्षको बजेटमै सर्शत अनुदान र वित्तीय समानीकरण अनुदानतर्फमात्र करिव १ करोड रुपैयाँ बिनियोजन भई कृषि कार्यक्रम सञ्चालनमा रहेको भट्टराईले बताउनुभयो ।

पालिका उपाध्यक्ष रनमाया गुरुङका अनुसार किसानको मेहनेत र प्रोत्सानहको सम्मान गर्न पालिकाले स्थापना दिवसको अवसर पारेर हरेक बर्ष कम्तिमा ४ जना उत्कृष्ट किसानलाई प्रोत्साहन स्वरुप जनही नगद ५० हजार रुपैयाँका दरले पुरस्कृत समेत गर्दै आइरहेको छ । व्यावसायिक हुन खोज्ने किसानलाई पालिकाले उन्नत वीउ तथा मल,उपकरण र प्रविधि समेतमा निरन्तर सहयोग गर्दै आइरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत संगम पौडेलले जानकारी दिनुभयो ।

पालिकाले माटो र हावापानी सुहाउँदो खेति प्रणालीमा ध्यान दिएको र पालिका क्षेत्रको अनुकूल स्थानमा फरक–फरक प्रकृतिको सहयोग गर्दै आइरहेको पालिकाले जनाएको छ । व्यावसायिक रुपमा लागेका किसानहरु प्रविधिबारे जानकारी लिन समेत उत्सुक छन् । उनीहरु प्राविधिक जानकारी लिन बोलाईएका कार्यक्रममा उत्साहजनक उपस्थिति जनाउँछन् । पालिकाले समेत किसानका टोलबस्तिमा पुगेर खेति प्रणाली बारे प्राविधिक सल्लाह समेत नियमित रुपले प्रदान गर्दै आइरहेको पालिकाले जनाएको छ ।
डुम्रिसेका किसानलाई सन्तोलाका बिरुवा र उपकरण प्रदान गर्दै पालिका अध्यक्ष केशरकुमार सुब्बा सहितका जनप्रतिनिधि ।

Similar Posts