तमोर जलाशययुक्त आयोजनालाई विगतमा भएका कामको समिक्षासहित नयाँ ढंगबाट अघि बढाउने बारे छलफल

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ६ । ७ सय ५३ मेगावाट क्षमताको तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजनालाई विगतमा भएका कामको समिक्षासहित नयाँ ढंगले अघि बढाउने बारे मंगलवार काठमाण्डौंमा उच्च स्तरीय छलफल भएको छ ।

प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईका अनुसार उर्जामन्त्री दीपक खड्काको संयोजनमा भएको छलफल विगतमा भएका कामको समिक्षासहित नयाँ ढंगले कार्यान्वयन अघि बढाउने बिषयममा केन्द्रित रहयो । उहाँका अनुसार छलफलमा तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजनामा लगानीको ढाँचा सुनिश्चित गर्ने,तीन तहको सरकार र जनस्तरबाट सामूहिक पहल गर्ने र बिदेशी लगानीको सम्भावना खोजी गर्ने लगायतका विषयमा छलफल भएको छ ।

छलफलमा उर्जामन्त्री खड्का,ताप्लेजुङ,तेह्रथुम र धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरु,लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत,उर्जा मन्त्रालयका सचिव र विद्युत प्राधिकरणका महानिर्देशक सहितको सहभागिता थियो । आयोजनामा क्षेत्रमा पुनर्वास न्यून रहेको र सडक पहुँच सहज भएकाले कम लगानीमा धेरै र छिटो प्रतिफल दिने आयोजनाको रुपमा तमोर जलाशययुक्त आयोजनालाई हेर्ने गरिएको छ । मोरङको चिसाङमार्फत झापा,मोरङ र सुनसरीको खेतियोग्य जमिनमा सिंचाई सुविधा पु¥याउन सकिने तथा जल यातायात सेवा समेत सञ्चालन गर्न सकिने भएकोले तमोर जलाशययुक्त आयोजनालाई बहुउद्देश्यीय आयोजनाको रुपमा हेरिएको छ ।

 

Similar Posts