गणतन्त्र दिवसको अवसरमा सिदिङ्वामा ८ बिधामा प्रदेश तथा जिल्ला स्तरीय व्याड मिन्टन प्रतियोगिता हुँदै

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ६ । १८ औं गणतन्त्र दिवसको अवसर पारेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले कोशी प्रदेश स्तरीय पुरुष खुल्ला सहितका ८ बिधामा ब्याड मिन्टन प्रतियोगिता सञ्चालन गर्ने भएको छ । जेठ १२,१३ र १४ गते उक्त प्रतियोगिता हुने छ ।
सिदिङ्वा गाउँपालिकाले जेठ १५ देखि १७ सम्म प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव समेत आयोजना गरेको छ । प्रतियोगिता संयोजक रुद्रप्रसाद बेघाका अनुसार कोशी प्रदेश स्तरीय पुरुष डबल्स सिनियर ‘ए’ व्याड मिन्टन प्रतियोगिताका बिजेतालाई ३५ हजार र उपविजेतालाई नगद २५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै ताप्लेजुङ जिल्ला स्तरीय पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता जुनियर ‘बी’तर्फका बिजेताले २५ हजार र उपबिजेताले १५ हजार रुपैयाँ पुरस्कार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यो बिधामा पाँचथरको याङवरक,हिलिहाङ र फालेलुङ गाउँपालिकावासीले समेत सहभागी हुन पाउनेछन् । पाँचथरको याङवरक,हिलिहाङ र फालेलुङ गाउँपालिकाका कर्मचारी समेत सहभागी हुन पाउने कर्मचारी डबल्स ब्याड मिन्टन प्रतियोगिताका बिजेताले २५ हजार र उपबिजेताले १५ हजार रुपैयाँ पुरस्कार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
ताप्लेजुङ र पाँचथरका खेलाडीले सहभागिता जनाउन पाउने ४५ बर्ष माथि उमेर समूहका भेट्रान्स डबल्स ब्याड मिन्टन प्रतियोगिताका बिजेताले २५ हजार र उपबिजेताले १५ हजार रुपैयाँ पुरस्कार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक सिदिङ्वा गाउँपालिकाले जनाएको छ । ताप्लेजुङ र पाँचथर जिल्लाका खेलाडीले सहभागिता जनाउन पाउने मिक्स डबल्स ब्याड मिन्टन प्रतियोगिताका बिजेताले नगद २० हजार र उपबिजेताले नगद १० हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । जनप्रतिनिधि डबल्स म्याड मिन्टन प्रतियोगिताका बिजेताले नगद १५ हजार र उपबिजेताले नगद ८ हजार रुपैयाँ पुरस्कार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
महिलातर्फ डबल्स ब्याड मिन्टन प्रतियोगिताका बिजेताले १५ हजार र उपबिजेताले नगद ८ हजार रुपैयाँ पुरस्कार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । स्थानीय खेलाडीतर्फ स्पर्धा हुने पुरुष डबल्स प्रतियोगिता जुनियर ‘सी’तर्फका बिजेताले १० हजार र उपबिजेताले ५ हजार रुपैयाँ पुरस्कार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक सिदिङ्वा गाउँपालिकाले जनाएको छ । पालिकाले प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सवको अवसरमा खुल्ला हाफ म्याराथन प्रतियोगिता,वडा स्तरीय भलिबल प्रतियोगिता,डेरो तान्ने प्रतियोगिता र छेलो हान्ने प्रतियोगिता समेत आयोजना गरेको छ ।