| |

प्रिती आलेको दुर्व्यसनीविरुद्धको गीत ‘चाहिदैन भो’ को श्रव्यदृश्य सार्वजनिक

उज्यालो पोष्ट
ताप्लेजुङ । चर्चित गायिका प्रिती आलेको नयाँ गीत ‘चाहिदैन भो’ सावर्जनिक भएको छ । गायिका आलेको आफ्नै लय, शब्द तथा निर्देशन रहेको गीत उहाँकै युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।
गीतको भिडियोमा उहाँलाई गायक एवं नायक प्रकाश सपुत, सुशील नेपाल, एलिना खनाल, दिभिषा शर्मा र सुमन खड्काले सहयोग गर्नुभएको छ । काठमाडौंस्थित एलवोडी क्लबमा छायांकन भएको भिडियोको गीत लागूऔषध दुर्व्यसनीबिरूद्ध रहेको छ ।
पछिल्लो समाजमा लागू औषधले धेरैको घर परिवार बिगारेको अवस्थामा युवा पुस्तालाई लागूऔषध दुर्व्यसनीमा नलाग्न अनुरोध गर्न यो गीतको माध्यम बनाएको गायिका आलेको भनाइ छ । लागूऔषधले स्वयं लागूऔषध प्रयोगकर्तालाई मात्र नभई परिवार र आफन्तलाई समेत हानी पुर्याउछ भन्ने सन्देश गीत तथा भिडियोबाट दिन खोजिएको पनि गायिका आलेले बताउनुभयो ।
यता गायिका आलेले पृथक शैलीमा तयार पारेको गीतलाई अहिले युवा पुस्ताले सकारात्मक प्रतिक्रिया दिएका बताइएको छ । गायिका आले युवा पुस्तामा निकै लोकप्रिय कलाकारका रुपमा परिचित हुनुहुन्छ ।

Similar Posts