पशुपंक्षि सम्वद्ध विपद्जन्य क्षतिको राहत दिने तयारी

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २९ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङले पशुपंक्षि सम्वद्ध प्राकृतिक प्रकोप र विपद्जन्य क्षतिको राहतका लागि आबेदन माग गरेको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर रोशन दाहालका अनुसार राहत कार्यक्रममा सहभागी हुन चाहनेले २०८२ साल जेठ ९ गते भित्र आबेदन दिईसक्नुपर्ने हुन्छ ।
दाहालका अनुसार प्राप्त आबेदनका आधारमा पशुपंक्षिधन क्षतिको मूल्याङ्कन गरी नेपाल सरकारबाट जारी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा १६को उपदफा १ बमोजिम जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयबाट बिनियोजित बजेटको सीमाभित्र रही राहत बितरण गरिने छ ।
आबेदकले क्षतिको विवरण सहित राहत मागको निबेदन,नागरिकता प्रमाणपत्रको प्रतिलिपि,क्षति मूल्याङ्कन सहित सम्वन्धित वडा कार्यालयको सिफारिसपत्र,सम्वन्धित स्थानीय तहका पशु स्वास्थ्य शाखाको सिफारिस,क्षतिको विवरण खुलाईएको प्रहरी मुचुल्का र क्षतिको विवरण खुल्ने रंगिन फोटो पेश गर्नुपर्ने केन्द्रले जनाएको छ ।