मेरिङदेनमा जेठ १ देखि योग शिविर सञ्चालन हुने

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २८ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले जेठ १ देखि ५ गते सम्म पालिकाको प्रशासकीय भवनमा निःशुल्क योग शिविर सञ्चालन गर्ने भएको छ ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद शाहका अनुसार मेरिङदेन गाउँपालिकामा रहेको आयुर्वेद स्वास्थ्य शाखाबाट योग शिविर सञ्चालन हुन लागेको हो ।

पालिकाका अनुसार योग शिविर जेठ १ गते दखि ५ गतेसम्म हरेक दिन बिहान ७ बजेदेखि सञ्चालन हुने छ । पालिकाले बार्षिक रुपमा योग शिविर सञ्चालन गर्दै आइरहेको समेत जनाएको छ ।

 

 

 

 

Similar Posts