शिक्षक संगठनले जेठ महिना भित्रमा ताप्लेजुङका सबै वडा कमिटी अधिबेशन गरिसक्ने

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २८ । नेपाल राष्ट्रिय शिक्षक संगठन ताप्लेजुङले जेठ मसान्त सम्ममा यहाँका ६१ वटै वडा र ‘बिग स्कुल’कमिटीको अधिबेशन सम्पन्न गर्ने भएको छ ।

संगठनको पूर्ण बैठकले जिल्ला कमिटी,पालिका कमिटी,वडा कमिटी र ‘बिग स्कुल’कमिटीको अधिबेशनमार्फत कम्तिमा १ हजार १ सय शिक्षकलाई शिक्षक नेता बनाई शिक्षक र बिद्यालय कर्मचारीको पेशागत अधिकारको रक्षाका लागि गोलबन्द गर्ने निर्णय समेत गरेको छ । संगठनका जिल्ला अध्यक्ष मदन सेन्दाङका अनुसार अधिबेशनको क्रममा समेत शिक्षक आन्दोलन,सम्झौता,प्रस्तावित शिक्षा विधयेक तथा उपलब्धीको बारेमा शिक्षकहरुलाई प्रेषण गर्दै हक अधिकार रक्षाका लागि सरकारलाई खबरदारी गर्ने कार्य हुनेछन् ।

अधिबेशन तथा संगठन निर्माणको क्रममा समेत शिक्षक संगठनले शिक्षक तथा बिद्यालय कर्मचारीको पेशागत मर्यादा,सुरक्षा,ट्रेड युनियन अधिकारको रक्षा तथा शिक्षक तथा कर्मचारीको आन्दोलनका बारेमा शिक्षकहरुलाई जागरुक बनाइने शिक्षक संगठनले जनाएको छ । संगठनका पूर्व जिल्ला अध्यक्ष समेत रहेका कोशी प्रदेश समिति अध्यक्ष महेन्द्रप्रकाश गौतमको उपस्थितिमा भएको बैठकमा संगठनका पूर्व केन्द्रीय सदस्य झनलाल तेम्बे,प्रदेश समिति सदस्य रीता श्रेष्ठ प्याकुरेल,पूर्व जिल्ला अध्यक्ष शरदराज निरौला,पूर्व उपाध्यक्षद्धय रामबहादुर तामाङ र गायत्रा भट्टराई अधिकारी,पूर्व कोषाध्यक्ष भीमप्रसाद केदेम सहित पालिका कमिटीका अध्यक्ष तथा पदाधिकारीको उपस्थिति रहेको संगठनले जनाएको छ ।

 

 

Similar Posts