वाईसीएल नेपाल ताप्लेजुङमा सर्वसम्मत नेतृत्व

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २४ । नेकपा(माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल ताप्लेजुङको तेस्रो जिल्ला अधिबेशनले सञ्जीव मावो लिम्बू अध्यक्ष रहेको सर्वसम्मत नेतृत्व चयन गरेको छ । सम्मेलनले उपाध्यक्षत्रयमा सचिन श्रेङचोङ्वाङ,अभिषेक वनेम र विशाल नुगो,सचिवमा तिलप्रसाद लिम्बू,सहसचिवहरुमा क्रमशः निमातेम्बा शेर्पा,दुर्गा इजम,सुजन सावादेन, ज्ञानेन्द्र इदिङ्गो र डिल्ली भट्टराई तथा कोषाध्यक्षमा हिक्मत लुहारलाई जिम्मेवारी दिएको छ ।

नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री(पराग)को प्रमुख आतिथ्यतामा भएको सम्मेलनको उद्घाटन कार्यक्रममा वाइसीएल नेपालका केन्द्रीय उपाध्यक्ष तथा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य मिङ्माडण्डु शेर्पा,माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य पर्शुराम कार्की,वाइसीएलका केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज डम्बर पुलामी(कर्मा ) र माओवादी केन्द्रका जिल्ला संयोजक बिष्णुकुमार हाङ्वाङ लिम्बू(वीरु) रहेको उपस्थिति रहेको थियो ।

 

Similar Posts