पाथीभरा याङवरकमा सेजुवाल चैत महिनाको उत्कृष्ट कर्मचारी

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १७ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले हरेक महिनाका उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई ‘महिनाको उत्कृष्ट कर्मचारी’को रुपमा पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिएको छ । पालिकाले कार्यविधि नै बनाई ‘महिनाको उत्कृष्ट कर्मचारी’पुरस्कृत गर्दै आइरहेको छ ।
प्रमुख प्रशासकीय अधिकृत संगम पौडेलका अनुसार चैत महिनाको उत्कृष्ट कर्मचारीको रुपमा थेचम्बु स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिष्टेन्ट बिशाल सेजुवाल पुरस्कृत हुनु भएको छ । पालिका अध्यक्ष केशरकुमार सुब्बाले सेजुवाललाई चैत महिनाको उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गर्नु भएको हो ।