|

उत्पीडित जातीय मुक्ति समाजको अध्यक्षमा सुनाम चयन

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख १७ । सत्तारुढ दल नेकपा (एमाले) निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज ताप्लेजुङको अध्यक्षमा नरबहादुर सुनाम चयन हुनुभएको छ । समाजको छैटौं जिल्ला अधिवेशनले सुनाम अध्यक्ष रहेको २५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो ।
जिल्ला कमिटीको उपालध्यक्षमा ध्रव बराइली, सचिव अमर विक, उपसचिव राजु नेपाली र कोषाध्यक्षमा अनिता विक चयन हुनुभएको छ । मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष अनुभूति बम नेपालीको प्रमुख आतिथ्यतामा जिल्ला अधिवेशन सम्पन्न भएको एमाले ताप्लेजुङका उपसचिव गोपाल न्यौपानेले जानकारी दिनुभयो ।
सदरमुकाम फुङ्लिङमा मङ्गलबार सम्पन्न भएको मुक्ति समाजको जिल्ला अधिवेशनमा नेकपा (एमाले) जिल्ला कमिटी उपाध्यक्ष दीपेन्द्र पोमु (दीपेन), पूर्व जिल्ला कमिटी अध्यक्ष बलबहादुर साम्सोहाङ, पूर्व–उपाध्यक्ष सन्तोष खतिवडा लगायतका नेतृत्वको सहभागिता रहेको थियो ।

Similar Posts