बाल सुबोधिनी सिकाई केन्द्रद्धारा एकदिने व्यवहारिक लेखन मोवाईल बैकिङ र कानुनी साक्षरता कार्यक्रम सम्पन्न

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १६ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १,२ र ३ लाई लक्षित गरी स्थापित बाल सुवोधिनी सामुदायिक सिकाई केन्द्रले मंगलवार एकदिने व्यवहारिक लेखन मोवाईल बैकिङ र कानुनी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

अधिवक्ता समेत रहनु भएका पाथीभरा बहुमुखी क्याम्पसका सहायक प्राध्यापक तथा शिखर इन्स्योरेन्स प्रालिका ताप्लेजुङका शाखा प्रवन्धक उमेश अधिकारी,फुङलिङ नगरपालिकाका शिक्षा अधिकृत प्रकाश पौडेल र एनएमबि बैंक ताप्लेजुङका शाखा प्रवन्धक अनिल श्रेष्ठले मोवाईल बैकिङ र कानुनी साक्षरता कार्यक्रमको सहजीकरण गर्नु भएको सिकाई केन्द्रका सचिव एवम् पत्रकार महासंघ ताप्लेजुङका सदस्य तरुण भारतीले जानकारी दिनुभयो । फुङलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फुङलिङ नगरपालिका वडा नं १ का वडाध्यक्ष रुद्रकुमार मादेन,२ का वडाध्यक्ष मोहन न्यौपाने,३ का वडाध्यक्ष टंकप्रसाद पालुङ्वा सहितको उपस्थिति रहेको थियो । महिला लक्षित उक्त कार्यक्रममा सेवाक्षेत्र भित्रका महिला सदस्यहरुको सहभागिता रहेको सिकाई केन्द्रका सचिव भारतीले जानकारी दिनुभयो ।

सामुदायिक सिकाई केन्द्रका अध्यक्ष डिल्लीरमण बरालको अध्यक्षतामा भएको कार्यक्रममा बासुसं माविका प्रधानाध्यापक युवराज बस्नेत,राष्ट्रिय भूमि आयोग जिल्ला समिति ताप्लेजुङका अध्यक्ष कृष्णकुमार बस्नेत,फुङलिङ नगरपालिकाका अधिकृत(छैटौं)भीमप्रसाद प्याकुरेल,नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङका सदस्य तथा प्राथमिक उपचार प्रशिक्षक योगेश्वर निरौला,शिक्षक अम्बिका बराल सहितको उपस्थिति रहेको सिकाई केन्द्रले जनाएको छ । समुदायलाई सूचना प्रवाह गर्ने,सीपमुलक कार्यक्रम सञ्चालन गर्ने,घरधुरी सर्वेक्षण गर्ने,बिभिन्न तथ्याङ्क संकलन गर्ने,बिद्यार्थी,महिला तथा जेष्ठ नागरिक लक्षित कार्यक्रम सञ्चालन गर्ने सहितका उद्देश्यका साथ सामुदायिक सिकाई केन्द्र स्थापना भएको हो ।

Similar Posts