फुनपा–१० ले तरकारीबालीको बीउ बितरण गर्ने

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १६ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० ले बिभिन्न जातका तरकारीबालीको बीउ बितरण गर्ने भएको छ ।
वडाध्यक्ष सन्तोष नुगो लिम्बूका अनुसार तरकारीबाली माग गर्ने इच्छुक वडाबासीले यही बैशाख २१ गते कार्यालय समयभित्र वडा कार्यालयमा निबेदन पेश गरीसक्नुपर्ने हुन्छ ।
वडाध्यक्ष लिम्बूका अनुसार वडा कार्यालयको चालु बर्षको बार्षिक स्वीकृत कार्यक्रम अनुसार तरकारी बालीको बीउ बितरण गर्न लागिएको हो । वडा कार्यालयले माग निबेदनका साथ नेपाली नागरिकताको प्रतिलिपि समेत संलग्न राख्नुपर्ने जनाएको छ ।