हावाहुरीले ताप्लेजुङका बिभिन्न स्थानमा क्षति,फुरुम्बुमा तीनघरको छाना उडायो

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १४ । आइतवार अपरान्ह आएको हावाहुरीले ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बुमा तीनघरमा क्षति गरेको छ ।

वडाध्यक्ष सन्तोष नुगो लिम्बूका अनुसार फुरुम्बु मयामका मानबहादुर लिम्बूको घरको छाना हावाहुरीले छाना उडाएको छ । सोहि ठाउँका धनबहादुर लिम्बूको भान्छाघरको छाना र सुरबहादुर खत्रीको कटेरोको छाना उडाएको छ ।

वडाध्यक्ष लिम्बूका अनुसार वडाका बिभिन्न क्षेत्रहरुका बिद्युतका पोल समेत लडेर विद्युत अवरुद्ध भएको छ । हावाहुरीले रुखहरु समेत ढालेको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो । बेगमा आएको हावाहुरीले बिभिन्न स्थानमा विद्युतका पोलहरु ढाल्दा अहिले ताप्लेजुङका विद्युत प्रसारण समेत अवरुद्ध छ ।

 

 

Similar Posts