ताप्लेजुङको फुलवारीका एक व्यक्ति तमोर नदीमा परी वेपत्ता,खोजी कार्य सुरु

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १३ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारीका एक व्यक्ति तमोर नदीमा परेर वेपत्ता भएका छन् ।

आठराई त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङका अनुसार वेपत्ता हुनेमा वडा नं २ फुलवारीका अन्दाजी ५५–५६ बर्षिय जीतबहादुर तामाङ रहनु भएको छ ।

फुलवारीस्थित तमोर नदी किनार छेउमा स्काभेटर मेसिन चलाईरहेको स्थानमा हेर्न मामाभाञ्जा खोलातर्फ गएकोमा बालक भाञ्जाले मामालाई खोलाले बगाएको खबर गरेपछि घटना बारे थाह भएको सेन्दाङले बताउनुभयो ।

सेन्दाङका अनुसार अहिले सेन्दाङ सहितका जनप्रतिनिधि र प्रहरीको टोली खोलाले बगाएको भनिएको स्थलतर्फ गइरहेको छ । विस्तृत विवरण पछि आउने सेन्दाङले जानकारी दिनुभयो ।

Similar Posts