प्रहरी प्रमुख रावलको सरुवा,गौतम नयाँ प्रहरी प्रमुख

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ११ । ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी) रवि रावलको सरुवा भएको छ । करिव १३ महिना पछि रावलको राष्ट्रिय सुरक्षा सचिवालय सिंहदरवारमा सरुवा भएको हो ।
ताप्लेजुङको नयाँ प्रहरी प्रमुखमा नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी सुनसरीबाट बेदप्रसाद गौतम आउनु हुने भएको छ । रावल २०८० साल चैत १६ गते ताप्लेजुङको नयाँ प्रहरी प्रमुख भएर आउनु भएको थियो ।
कानुनमा विज्ञ,सुरक्षामा सम्झौताविहिन र समन्वयमा काविल मानिनु भएका रावल प्रहरीभित्र इमान्दार र कर्तव्यनिष्ठ छवि भएका प्रहरी अधिकारीको रुपमा परिचित हुनुहुन्छ ।