| |

अनेम संघ (क्रान्तिकारी) मिक्वाखोला कमिटी अध्यक्षमा मनकुमारी भुजेल चयन

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख १० । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मिक्वाखोला गाउँपालिका कमिटी अध्यक्षमा मनकुमारी भुजेल चयन हुनुभएको छ । बुधबार सम्पन्न अनेम संघ (क्रान्तिकारी) को भेलाले भुजेल अध्यक्ष रहेको २५ सदस्यीय पालिका कमिटी सर्वसम्मत चयन गरेको हो ।
पालिका कमिटीको उपाध्यक्षमा फुपूल्हामु शेर्पा र कविता थापा, सचिवमा अनुजा विक, सहसचिवमा कल्पना नाल्बो र कोषाध्यक्षमा शान्ता लिम्बू चयन हुनुभएको छ । पालिका कमिटीको भेला अनेम संघ (क्रान्तिकारी) की जिल्ला अध्यक्ष सीता भट्टराई (दाहाल) र जिल्ला इन्चार्ज मनु मादेनको उपस्थितिमा सम्पन्न भएको हो ।
यस्तै कार्यक्रममा नेकपा (माओवादी केन्द्र) मिक्वाखोला पालिका कमिटी अध्यक्ष एवम् गाउँपालिका उपाध्यक्ष डण्डु लामा, पालिका कमिटी सचिव विनोद साँवासहित पार्टीका नेतृत्व लगायतको उपस्थिति रहेको थियो । अनेम संघ (क्रान्तिकारी) को पालिका भेला गाउँपालिकाको प्रशासकीय केन्द्र साँवामा आयोजना गरिएको थियो ।

Similar Posts