ज्योतिष परिषद्द्धारा पाथीभरा क्षेत्र विकास समिति सम्मानित

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १० । नेपाल ज्योतिष परिषद् कोशी प्रदेश समितिले पाथीभरा क्षेत्र विकास समितिलाई सम्मान गरेको छ ।

पाथीभरा क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय प्रवद्र्धनमा समर्पित भएर काम गरेको भन्दै परिषद्ले पाँचथर सदरमुकाम फिदिममा आयोजित कार्यक्रममार्फत सम्मान गरेको हो । परिषद्ले फिदिममा ‘ज्योतिष,वास्तु, धर्मशास्त्र तथा धार्मिक पर्यटन प्रवद्र्धन कार्यक्रम’आयोजना गरेको थियो ।

पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले सम्मान ग्रहण गर्नु भएको छ । सम्मानपछि पाथीभरा क्षेत्र विकास समितिले समितिलाई अझ उत्साह र ऊर्जा प्रदान गर्ने कार्य गरेको भन्दै नेपाल ज्योतिष परिषद् कोशी प्रदेशलाई हार्दिक धन्यवाद दिएको छ ।

Similar Posts