नावालिकालाई जबरजस्ति करणी गरेको अभियोगमा पक्राउ

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ९ । ताप्लेजुङ प्रहरीले नावालिकालाई ललाई–फकाई जबरजस्ति करणी गरेको अभियोगमा एक ३२ बर्षे पुरुषलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार झापा जिल्ला स्थायी वतन भई हाल ताप्लेजुङ बस्दै आएका एक पुरुषलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका व्यक्तिलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(३) बमोजिम ताप्लेजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको समेत प्रहरीले बताएको छ ।
पक्राउ परेका ति पुरुषमाथि १३ बर्षिय नावालिकालाई ‘रेड मी’मोवाईल किनिदिएर ललाई–फकाई प्रलोभनमा पारी बैशाख ६ गते राति डरत्रास समेत देखाई करणी गरेको अभियोग रहेको छ ।