ताप्लेजुङको पाथीभरा क्षेत्रमा गुडिरहेको सवारी माथि आगलागी घटनामा,४ जनाको मृत्यु,२ जना घाइते

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ८ । ताप्लेजुङको पाथीभरा क्षेत्रतर्फ गुडी रहेको सवारीमा एक्कासी आगो लाग्दा भएको घटना पछि सवारीमा सवार चालक सहित ४ जनाको मृत्यु भएको छ । २ जनालाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याईएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी रवि रावलका अनुसार मृत्यु हुनेमा ललितपु महानगरपालिका वडा नं १० बस्ने १६ बर्षिय आध्या आचार्य,उहाँका मावली हजुरबुबा झापा भद्रपुर १५ बस्ने ७० बर्षिय बिनोद पौडेल,उहाँकी श्रीमति ६९ बर्षिया सरिता पौडेल र सवारी चालक ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बु बस्ने ४२ बर्षिय दुर्गा भट्टराई रहनु भएको छ ।
आध्याकी आमा ललितपुर बस्ने ४५ बर्षिया सबिना आचार्य र सबिनाका छोरा १० बर्षिय अभियम आचार्यलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याईएको छ । गम्भिर अवस्थाकी घाइते सबिनाको शरिरको धेरै भाग जलेकोले हेलिकोप्टरमार्फत उद्धार गरी थप उपचारको आवश्यकता देखिएको स्थानीय स्वास्थ्यकर्मीले बताएका छन् । उहाँलाई रेफरको तयार गरिएको छ । आगो कसरी लाग्यो भन्ने नखुलेपनि हाइटेन्सन लाइनको तार सवारी माथि खस्दा आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
पाथीभरा क्षेत्रको तेर्से भन्ने स्थानमा उक्त घटना भएको र सवारी नम्बर मे १ ज ३०११ रहेको बताईएको छ । घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको छ । सबिना आफ्ना श्रीमान् निरज आचार्यलाई ललितपुर घरमा छाडी छोराछोरी र माइती आमाबुबा लिएर पाथीभरा दर्शनका लागि आउनु भएको थियो ।