राष्ट्रिय स्वास्थ्यकर्मी संघ ताप्लेजुङमा नयाँ नेतृत्व

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ५ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल ताप्लेजुङको चौथो जिल्ला अधिबेशनले देवेन्द्रकुमार मेन्याङ्वो अध्यक्ष रहेको ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
संघको उपाध्यक्षमा समिर प्रधान र सीता गुरुङ यक्सो,सचिवमा जगदिश घिमिरे,उपसचिवमा मनकुमारी खुदाङ लिम्बू र कोषाध्यक्षमा नरमाया रेग्मी चयन हुनु भएको छ । प्रकाश शेर्पा,प्रेम प्रसाँई,राधिका लिम्बू,युम्पी राई र सबिना(साहरा)तुम्बाहाम्फे संघको सदस्यमा चयन हुनु भएको छ ।
नवनिर्वाचित संघका पदाधिकारी तथा सदस्यरुलाई संघका केन्द्रीय प्रतिनिधि लक्ष्मीमाया वनेमले पद तथथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो । संघको चौथो जिल्ला अधिबेशनको क्रममा एमाले जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू(दीपेन),उपसचिव गोपाल न्यौपाने सहितले सफलताको शुभकामना दिनु भएको थियो ।