तापेथोकमा बोलेरो दुर्घटनाः एक जनाको मृत्यु,एक गम्भिर

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ३ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ५ तापेथोकमा भएको बोलेरो दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तापेथोक याङसिला चौकमा बोलेरो घुटना हुँदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पाँचथर फिदिम नगरपालिका ३ का २५ वर्षीय सरोज श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी) रवि रावलले जानकारी दिनुभयो । उहाँका अनुसार लेलेपबाट तापेथोकतर्फ आउँदै गरेको मे १ च ५१९३ नम्बरको बोलेरो दिउँसो साढे १२ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनाबाट फिदिमकै सहचालक सौजन श्रेष्ठ गम्भिर घाइते हुनु भएको छ श्रेष्ठको ढाडमा चोट लागेको प्रहरीले बताएको छ । उहाँलाई आधारभूत स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि ताप्लेजुङ जिल्ला अस्पताल ल्याईएको समेत प्रहरीले जनाएको छ ।