हाङपाङमा मौरी पालन तथा मह प्रशोधन सम्वन्धी तालिम

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ३ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं ३ हाङपाङमा मौरी पालन तथा मह प्रशोधन सम्वन्धी तालिम सकिएको छ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको आयोजना तथा आठराई त्रिबेणी गाउँपालिका वडा नं ३ हाङपाङको समन्वयमा चैत २६ बाट सुरु भएको तालिम सकिएको हो ।

आठराई त्रिबेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख लक्ष्मी सुहाङ,आठराई त्रिबेणी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष सूर्यमान यक्सो,वडा नं ४ का वडाध्यक्ष अर्जुन लिम्बू सहितको उपस्थिति रहेको थियो ।

Similar Posts