कक्षा ८ को नतिजा : आठराई त्रिबेणीका कुनैपनि बिद्यालय निलमा गएनन्

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले सञ्चालन गरेको पालिका स्तरीय आभारभूत तह(कक्षा ८)को परीक्षामा पालिकाका कुनैपनि बिद्यालय निलमा नगएको देखिएको छ ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लीलाराज खड्काका अनुसार आभारभूत तह(कक्षा १–८) सञ्चालन भएका १४ वटै बिद्यालयको नतिजा शुन्यमा छैन । पालिकाले उक्त तहको नतिजा आफ्नो वेवसाईटमा सार्वजनिक गरेको छ ।

सार्वजनिक नतिजा अनुसार फुगुवा आधारभूत बिद्यालयबाट १३ जना,सिंहदेवी आविबाट ३ जना,त्रिपुरेश्वर आविबाट ६ जना,चाँगे माविबाट ३४ जना,छातेढुङ्गा माविबाट ६ जना,सरस्वती आविबाट ६ जना उर्तीर्ण भएका छन् ।

परीक्षामा शान्ति आविबाट ६ जना,सरस्वती नमूना माविबाट १७ जना,जलकन्या आवि र देवी आविबाट २–२ जना,दुर्गा माविबाट १० जना,सरस्वती मावि रमितेबाट ११ जना,गुप्तेश्वर माविबाट ५ जना र परमसिंह देवी माविबाट २१ जना उर्तीण भएका छन् ।

Similar Posts