फुनपा–९ ले भन्यो‘वनभोज र साँस्कृतिक कार्यक्रम सकेपछि प्रयोग भएको क्षेत्र अनिवार्य सफाई गर्नू’

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत ३१ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ ले वनभोज लगायतका अन्य मनोरञ्जनात्मक कार्यक्रम पछि प्रयोग भएको स्थल सफाई गरेर मात्र छाड्न सम्वन्धित सबैलाई आग्रह गरेको छ ।
नयाँबर्ष २०८२ को अघिल्लो दिन आइतवार वडाध्यक्ष लक्षुमन गुरुङले सूचना जारी गर्दै वनभोज र अन्य साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सकिएपछि आफुले प्रयोग गरेको क्षेत्र सफा गरेर मात्र त्यहाँबाट बाहिरिन आग्रह गर्नु भएको छ ।
नयाँबर्षको दिन प्राय घरपरिवार तथा साथीभाई भेला भएर वनभोज गर्ने र साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम गर्ने प्रचलन रहेको छ । फुनपा–९ ले वनभोज सहितका बिभिन्न क्रियाकलापका लागि आफ्नो वडामा प्रवेश गर्नेहरुलाई स्वागत सहित नयाँ बर्षको शुभकामना पनि दिएको छ ।